आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा धरानका एक व्यक्ति पक्राउ

Newslaya Home

आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा धरानका एक व्यक्ति पक्राउ

बिहीबार ०१, साउन २०७७

इटहरी । झापाको बिर्तामोड नगरपालिकाबाट जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् ।

आफ्नै १२ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरीको धरान–१३ घर भई झापाको बिर्तामोड–८ डेरा गरी बस्ने ३५ वर्षीय पुरुषलाई बुधबार राति पक्राउ गरिएको हो ।

बालिकालाई घरमा कोही नभएको अवस्थामा १ महिनादेखि पटक पटक जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय अनारमनी र अस्थाई प्रहरी चौकी गरामनीबाट खटिएको प्रहरीले ती पुरुषलाई पक्राउ गरेको हो ।
उक्त घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।