झापाको हिले खोलामा डुबेर तीन वर्षीय बालकको मृत्यु

Newslaya Home

झापाको हिले खोलामा डुबेर तीन वर्षीय बालकको मृत्यु

बिहीबार ०१, साउन २०७७

झापा । झापाको अर्जुनधारा नगरपालिका–११ स्थित खोलामा डुबेर एक बालकको मृत्यु भएको छ ।

बिहीबार (आज) बिहान स्थानीय प्रबिन मुर्मुको ३ वर्षीय छोरा ऋषि मुर्मु घर नजिकै रहेको हिले खोलामा डुबिरहेको अवस्थामा फेला परेका हुन् ।

उनलाई आफन्तले फेला पारी तत्काल उद्धार गरी उपचारको लागी बि.एण्ड.सी अस्पताल बिर्तामोड लगिएकोमा अस्पताल पुर्‍याउना साथ मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।