नेपालमा थप १६७ जनामा कोरोना पुष्टि, कुल संक्रमित १७ हजार ३४४ पग्यो

Newslaya Home

नेपालमा थप १६७ जनामा कोरोना पुष्टि, कुल संक्रमित १७ हजार ३४४ पग्यो

बिहीबार ०१, साउन २०७७

काठमाडौं । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या १७ हजार ३४४ पुगेको छ ।

बिहीबार थप १६७ जनामा कोरोना पुष्टि भएसँगै जम्मा संक्रमितको संख्या १७ हजार ३४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कुल संक्रमित मध्ये हाल नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार ५६ रहेको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए । त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप २१३ जनामा कोरोना संक्रमित निको भई घर फर्केका छन् ।

यो सँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ११ हजार २४९ पुगेको छ ।