सुन्दरहरैंचाका आठ सरहकारीबीच एकिकरण, कार्यक्षेत्र इटहरी देखि बेलबारी सम्म

Newslaya Home

सुन्दरहरैंचाका आठ सरहकारीबीच एकिकरण, कार्यक्षेत्र इटहरी देखि बेलबारी सम्म

बिहीबार ०१, साउन २०७७

इटहरी । मोरङको सुन्दर हरैंचा नगरपालिकामा सञ्चालित ८ वटा सहकारीहरूवीच एकीकरण हुने भएको छ ।

बिहीबार कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि.को नामबाट कारोबार गर्ने गरी सबै संस्थाका अध्यक्षहरुले हस्ताक्षर गरेका हुन् ।

सुन्दरपुर साकोसको अध्यक्ष कृष्णप्रसाद दाहालको अध्यक्षतामा एकीकरण हुन आयोजित हस्ताक्षर समारोहमा सुन्दरपुर साकोस, सुन्दर हरैंचा–६, गछिया साकोस, सुन्दर हरैंचा–७, गुराँस साकोस, सुन्दर हरैंचा–१२, शुभलक्ष्मी साकोस, सुन्दर हरैंचा–१२, न्यू नमूना साकोस, सुन्दर हरैंचा–४, पिण्डेश्वरी साकोस, सुन्दर हरैंचा–४, घर आगँन साकोस, सुन्दर हरैंचा–७ र प्रारम्भ साकोस, सुन्दर हरैंचा–१० का सबै अध्यक्षहरुले हस्ताक्षर गरेको जनाइएको छ ।

२०७७ भाद्र मसान्तसम्ममा एकीकरण सम्पन्न गरी असोज १ गतेबाट एकीकृत कारोवार गर्ने योजना रहेको बताइएको छ ।
एकीकृत संस्थाको कार्यक्षेत्र सुन्दर हरैंचा नगरपालिकासँगै बेलबारी नगरपालिका, केराबारी गाउँपालिका र ईटहरी उप–महानगरपालिका समेत हुने र ६५ करोड बराबरको पुँजी (वासलात) हुने सुन्दरपुर साकोसका व्यवस्थापक गोपाल देउजाले जानकारी दिए ।