चीनमा ६ महिनापछि खुल्दै सिनेमाघर

Newslaya Home

चीनमा ६ महिनापछि खुल्दै सिनेमाघर

बिहीबार ०१, साउन २०७७

काठमाण्डौ । चीनमा कोरोना भाइरस संक्रमणको सुरुवातदेखि बन्द रहेका सिनेमाघर खुल्ने भएका छन्।

कोरोना संक्रमणका कारण त्यहाँ करिब ६ महिनादेखि सिनेमाघर लगायत मनोरञ्जनका सार्वजनिक स्थल बन्द थिए। अन्य स्थानहरु खुले पनि सिनेमाघर भने खुलेका थिएनन्।

यही जुलाई २० तारिखदेखि त्यहाँ सिनेमाघर खुल्ने चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्। चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस महामारीको रुपमा विश्वभर फैलिसकेको छ।