रामको जन्मभूमिबारे सरकारले अध्ययन गर्ने

Newslaya Home

रामको जन्मभूमिबारे सरकारले अध्ययन गर्ने

बिहीबार ०१, साउन २०७७

काठमाडौं । पुरातत्व विभागले रामको जन्मभूमि अयोध्याको विषयलाई लिएर ऐतिहासिक तथ्यको अध्ययन गर्ने भएको छ । ​

प्रधानमन्त्री केपी शर्मा ओलीले असार २९ गते भानु जन्मजयन्तीको एक कार्यक्रममा रामको जन्मभूमि अयोध्या नेपालमा रहेको धारणा सार्वजनिक गरेपछि यो विषयले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा छलफल र बहस प्रारम्भ गरेको छ ।

पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरका अनुसार अयोध्याको विषयमा प्रारम्भिक छलफल शुरू गरेका छौ ।