भारतमा एकैदिन थपिए २९ हजार ४२९ जना कोरोना संक्रमित

Newslaya Home

भारतमा एकैदिन थपिए २९ हजार ४२९ जना कोरोना संक्रमित

बिहीबार ०१, साउन २०७७

काठमाडौं । भारतमा लगातार कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २९ हजार ४२९ जना कोरोना संक्रमित थपिएका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार भारतमा हालसम्म ९ लाख ३६ हजार १८१ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । २४ हजार ३०९ संक्रमितको मृत्यु भइसकेको छ ।

बुधबार भारतमा ५१२ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।