मुक्तकका बिम्बहरु.......

Newslaya Home

मुक्तकका बिम्बहरु.......

बुधबार ३१, असार २०७७

मुक्तक–१

बदला लिएर हैन हजुर बदलिएर देखाउनु छ
तिम्रो भन्दा सुन्दर जोडीको नाम लेखाउनु छ ।
समयको खेल भनौ या त स्वार्थीहरुको मेल
तिमीले दिएका ती झूटा वाचा, कसम मेटाउनु छ ।।

मुक्तक–२

साच्चै हो तिमी मेरै जस्तो लाग्छ र त सताउछु
लाग्छ सधै तिमीलार्इ मेरो दिलमा अटाउछु ।
दुःख सुखको सहयात्री हौ, तिमी मेरो जस्तो लाग्छ
तेसैले त म हरेक दुःखसुखका कहानी बताउछु ।।

मुक्तक–३

पूर्व पञ्चिम उतर दक्षिण चारै तिर डुल्नु छ
रहनसहन चालचलन रितिरिवाजबारे बुझ्नु छ ।
यो हाम्रो देशको भौगोलिक विविधता बारे
सर्वव्यापी रुपमा प्रचारप्रचार गरी सुन्नु छ ।।

–बिन्दु ओझा
षडानन्द नगरपालिका–२, भोजपुर