अनलाइन कक्षा बन्द गरी शिक्षक–कर्मचारीहरुलाई बेतलवी विदा दिने प्याब्सन र एनप्याब्सनको निर्णय

Newslaya Home

अनलाइन कक्षा बन्द गरी शिक्षक–कर्मचारीहरुलाई बेतलवी विदा दिने प्याब्सन र एनप्याब्सनको निर्णय

बुधबार ३१, असार २०७७

काठमाडौं । निजी विद्यालय सञ्चालकहरुले साउन १ गतेदेखि अनलाइन कक्षासहित सबै वैकल्पिक शिक्षण सिकाईका क्रियाकलापहरु स्थगन गर्ने निर्णय गरेका छन् ।

प्याब्सन र एनप्याब्सनले बुधबार एक विज्ञप्ति जारी गर्दै सरकारले शुल्क उठाउन पाउनुपर्नेलगायतका आफूहरुको माग सम्बोधन नगरेको भन्दै यस्तो अप्रिय निर्णय लिन बाध्य भएको जनाएको छ ।

निजी विद्यालयले सबै वैकल्पिक शिक्षण सिकाईका क्रियाकलापहरु बन्द गरी शिक्षक–कर्मचारीहरुलाई बेतलवी घर बिदा दिने निर्णय गरेका छन् ।