भोलिदेखि अर्को बैंकको एटिएम प्रयोग गर्दा शुल्क लाग्ने

Newslaya Home

भोलिदेखि अर्को बैंकको एटिएम प्रयोग गर्दा शुल्क लाग्ने

बुधबार ३१, असार २०७७

काठमाडौं । एक बैंकको कार्ड अर्को बैंकको एटिएम मेसिनमा प्रयोग गर्दा थप शुल्क नलाग्ने व्यवस्था हट्ने भएको छ ।

लकडाउन खुकुलो भएको र आवतजावत पनि सहज भएकाले बिहीबारदेखि अर्को बैंकको एटिएम प्रयोग गर्दा पैसा लाग्ने भएको हो ।

कोरोनाको असरका कारण गत चैत ७ गतेबाट बैंकहरुले जुनसुकै बैंकको कार्ड जुनसुकै एटिएममा प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था गरेका थिए ।

साउन १ गतेदेखि एक बैंकको कार्ड र अर्को बैंकको एटिएममा प्रयोग गर्दा लाग्ने शुल्कबारे बैंकहरुले नै निर्णय गर्ने एसोसिएसनका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले जानकारी दिए ।