अमेरिकामा पनि देखियो प्लेगको संक्रमण

Newslaya Home

अमेरिकामा पनि देखियो प्लेगको संक्रमण

बुधबार ३१, असार २०७७

काठमाडौं । अमेरिकाको कोलोराडोस्थित मोरिसनब बस्तीमा बुबोनिक प्लेगको संक्रमण देखा परेको छ ।

१० दिनअघि चीनको आन्तरिक मंगोलियाका दुई व्यक्तिमा बुबोनिक प्लेग देखिएको समाचार बाहिरिएको थियो । अहिले फेरि १० दिनभित्रै चीन र त्यसपछि अमेरिकामा ११ जुलाईमा एक लोखर्केमा प्लेगको संक्रमण देखिएको हो ।

चीनबाट आएको कोरोना जसरी नै प्लेग नफैलियोस् भनेर वैज्ञानिकहरु सतर्क देखिएका छन् । कोरोराडोमा स्थानीय प्रशासनले मानिसहरुलाई सतर्क रहन भनेको छ । त्यस्तै, मुसा, लोखर्के, न्याउरी मुसासँग टाढा रहन भनेको छ ।

बुबोनिक प्लेगले संसामार तीनपटक महामारीको रुप लिइसकेको छ । पहिलो पटक यसले ५ करोड, दोस्रोपटक युरोपको एक तिहाई जनसंख्या र तेस्रोपटक ८० हजार मानिसको ज्यान लिएको थियो ।

बुबोनिक प्लेग मुसामा पाइने ब्याक्टेयिाबाट फैलन्छ । यस ब्याक्टेरियाको नाम यर्सिनिया पेस्टिस ब्याक्टेरियम हो । यो ब्याक्टेरियाले रगत, फोक्सोलगायत शरीरका विभिन्न भागमा हमला गर्छ । प्लेग लागेपछि औंलाहरु कालो भएर सुन्निन थाल्छन्, नाकको अवस्था पनि त्यस्तै हुन्छ ।

बुबोनिक प्लेगबाट शरीरमा सहनै नसक्ने दुखाई तथा ज्वरो निम्तन्छ । नाडी तेज चल्न थाल्ने जनाइएको छ ।