घरेलु उद्योगका अधिकृत घुससहित पक्राउ

Newslaya Home

घरेलु उद्योगका अधिकृत घुससहित पक्राउ

मङ्गलबार ३०, असार २०७७

नेपालगन्ज । घरेलु तथा साना उद्योग कार्यालय बाँकेका सातौं तहका अधिकृत घुस सहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले उद्योग अधिकृुत हुकुमबहादुर ओली ९६ हजार घुससहित रंगे हात पक्राउ गरेको हो ।

ठेक्‍कापट्टाको लाइसेन्स बनाइदिने भन्दै सेवाग्राहीबाट ९६ हजार तीन सय नगद लिँदै गरेको अवस्थामा ओलीलाई रंगेहात पक्राउ गरिएको आयोगको सम्पर्क कार्यालय नेपालगन्जका प्रमुख गणेश गैरेले जानकारी दिए ।