मोरङको केराबारीमा पहिरोले बगाएर एक महिलाको मृत्यु

Newslaya Home

मोरङको केराबारीमा पहिरोले बगाएर एक महिलाको मृत्यु

मङ्गलबार ३०, असार २०७७

विराटनगर । मोरङको केरावारी गाउँपालिका–२ सिंहदेवी चिसाङखोला स्थित पहिरोले बगाएर एक महिलाको मृत्यु भएको छ ।

शनिबार राति अबिरल बर्षासंगै आएको पहिरोले ५८ बर्षीय धन कुमारी आङवोको घर र गोठ बगाएको हो । उक्त घटनामा उनको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय केरावारीले जनाएको छ ।

मृतकको कानूनी प्रकृया पुरा गरी शव सदगतको लागी आफन्तलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।