रतुवा खोला तर्ने क्रममा एक युवा बेपत्ता

Newslaya Home

रतुवा खोला तर्ने क्रममा एक युवा बेपत्ता

मङ्गलबार ३०, असार २०७७

विराटनगर । मोरङको रतुवामाई नगरपालिका–३ चौकीघाटबाट रतुवा खोला तर्ने क्रममा एक युवा बेपत्ता भएका छन् ।

सोमबार दिउँसो खोला तर्ने क्रममा अचानक बगाउँदा रतुवामाई–७ का २४ बर्षीय अरुण ऋषिदेव बेपत्ता भएका हुन् ।

खोलामा बेपत्ता भएको भन्ने खबर प्राप्त भएसंगै ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको समेत सहयोगमा खोजतलास भईरहेको तथा हाल सम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।