विराटनगरमा पाँच वर्षीय बालकको डुबेर मृत्यु

Newslaya Home

विराटनगरमा पाँच वर्षीय बालकको डुबेर मृत्यु

सोमबार २९, असार २०७७

विराटनगर । मोरङको विराटनगर स्थित केसलिया खोलामा आएको बाढीमा डुबेर एक बालकको ज्यान गएको छ ।

शनिबार दिउँसो खोलामा आएको बाढी बस्तीमा पस्दा विराटनगर–१६ दरैयाबस्तीका सोभालाल कामतको ५ वर्षका छोरा रोमन कामत खेल्ने क्रममा बेपत्ता भएका थिए ।

त्यसपछि सबै खोजी गर्ने क्रममा सोही दिन साँझ घर नजिकै पानीमा तैरिएको अवस्था फेला परेका उनलाई अस्पताल लगिएको थियो ।
रोमनलाई विराटनगरस्थित कोशी अस्पतला पुर्याउँदा चिकित्सकले मृतक घोषण गरिसकेको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दिपक थापाले जानकारी दिए ।