झापामा खोलाले बगाएर एक जनाको मृत्यु

Newslaya Home

झापामा खोलाले बगाएर एक जनाको मृत्यु

सोमबार २९, असार २०७७

झापा । झापाको कचनकवल गाउँपालिका स्थित खहरे खोलाले बगाएर एक जनाको मृत्यु भएको छ ।

सोमबार (आज) दिउँसो घर नजिकै रहेको खहरे खोला छेउमा हिडिरहेका कचनकवल–३ बस्ने ३५ बर्षीय किलु टुडुलाई खोलाले बगाएको हो ।

एक्कासी लडेर खोलामा पर्दा बेपत्ता भएका उनको शव २०० मिटर तल खोलाको साईटमा फेला परेको भनि स्थानीयले प्रहरी चौकी पथरीयामा जानकारी गराएका थिए ।
घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।