विराटनगरका ९५ घर डुबानमा, ४५० जनाको उद्दार

Newslaya Home

विराटनगरका ९५ घर डुबानमा, ४५० जनाको उद्दार

सोमबार २९, असार २०७७

विराटनगर । मोरङको विराटनगर स्थित दरैया बस्ती र बखरी एरियामा रहेका घरहरु डुबानमा परेका छन् ।

केशलिया खोलामा आएको बाढीका कारण डुबानमा परेका ९५ घरमा ४५० जनालाई उद्धार गरिएको प्रहरीले जनाएको छ ।

बाढीले विराटनगर–१६ स्थित दरैया बस्तीमा रहेका ६५ घरमा क्षति गरेको छ । उक्त घरहरुमा रहेका ३०० जना मानिसहरुलाइ उद्वार गरी बिराटनगरको रानीमा रहेको मिल्स मा.वि.मा राखिएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

यसै गरी केशलिया खोलामा आएकै बाढीका कारण डुबानमा परेका विराटनगर–१२ स्थित बखरी एरियामा रहेका ३० घरका १५० जनालाई समेत उद्धार गरिएको छ ।
उनीहरुलाई उद्वार गरी बखरी प्रा.वि.मा राखिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।