धनकुटाको चौबिसेमा ३२ वर्षीया महिलाको डुबेर मृत्यु

Newslaya Home

धनकुटाको चौबिसेमा ३२ वर्षीया महिलाको डुबेर मृत्यु

सोमबार २९, असार २०७७

धनकुटा । धनकुटाको चौबिसे–२ स्थित पोखरीमा डुबेर एक महिलाको ज्यान गएको छ ।

सोमबार (आज) बिहान सिचाईको लागि तयारी गरिएको ३ फिट गहिरो पोखरीमा डुबेर स्थानीय ३२ वर्षीया सरस्वती मगरको मृत्यु भएको हो ।

हिडिरहेको अवस्थामा एक्कासी चिप्लिएर पोखरी पर्दा उनको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।