नेपालमा थप १४४ जनामा कोरोना पुष्टि, कुल संक्रमित १६ हजार ९ सय ४५ पुग्यो

Newslaya Home

नेपालमा थप १४४ जनामा कोरोना पुष्टि, कुल संक्रमित १६ हजार ९ सय ४५ पुग्यो

सोमबार २९, असार २०७७

काठमाडौ । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या १६ हजार ९ सय ४५ पुगेको छ ।

सोमबार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १४४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज १४४ जना संक्रमित थपिए सँगै नेपालमा कुल संक्रमितको संख्या १६ हजार ९ सय ४५ जना पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा थप १७०५ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको संख्या १० हजार २९४ पुगेको छ ।