भोजपुरको पौवादुङमामा अतिविपन्न परिवारलाई सोलार सेट वितरण

Newslaya Home

भोजपुरको पौवादुङमामा अतिविपन्न परिवारलाई सोलार सेट वितरण

सोमबार २९, असार २०७७

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाले अतिविपन्न १५२ घर परिवारलाई सोलार सेट वितरण गरेको छ ।

तत्काल विद्युत सेवा पुग्न नसकेका भौगोलिक विकटता भएको स्थानमा रहेका स्थानीयलाई लक्षित गरेर गाउँपालिका भित्रका अतिविपन्न घर परिवारलाई २० वाटको सोलार सेट वितरण गरेको हो ।

संघीय सरकारको ससर्त अनुदान तर्फको वैकल्पिक सौर्य उर्जा कार्यक्रम अन्तर्गत गाउँपालिकामा आएको ११ लाख ३१ हजार बजेटबाट वडा नम्बर १ श्यामशिलाका २५ परिवार, २ तिवरीभञ्याङका १५ परिवार, ३ च्याङ्ग्रेका २० परिवार र वडा नम्बर ४ बास्तिमका ३३ परिवारलाई सोलार वितरण गरेको हो ।
त्यस्तै वडा नम्बर ५ सानोदुम्माका २५ परिवार र वडा नम्बर ६ ठुलोदुम्माका ३० गरि १५२ घर परिवारलाई सोलार सेट वितरण गरिएको छ ।

अतिविपन्न घरपरिवारलाई विद्युतको पहुँच पु¥याउने उद्देश्यले सोलार सेट वितरण गरिएको गाउँपालिकाका अध्यक्ष किरण राईले बताए ।