म्याग्दीमा फेरी देखियो सलको झुण्ड

Newslaya Home

म्याग्दीमा फेरी देखियो सलको झुण्ड

सोमबार २९, असार २०७७

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिकाको खाम्ला र अन्नपूर्ण गाउँपालिकाको दानामा सलहको नयाँ झुण्ड प्रवेश गरेको छ ।

सोमबार बिहान देखिएको सलहले मकै, धान र कोदो, सुन्तला, केरा र वनका रुखको पात खाएर नष्ट गरेको बताइएको छ ।

चार लाखभन्दा धेरै संख्यामा भित्रिएको सलहले गाउँनै छोपेपछि भगाउने प्रयास गर्दा गर्दै बाली र बोटबिरुवाको पात नष्ट गरेको खाम्लाकी केशरी शर्माले जानकारी दिइन् ।
दुई हप्ताअघि म्याग्दीको लुलाङ, मुना, बगर, मुदी, सिस्नेरी, घार, सिंगा, भकुण्डे लगायतका क्षेत्रमा सलह पानी परेपछि हराएको थियो ।

पहिरो र कोरोनाको कहरका बीचमा भित्रिएको सलहले बाली नष्ट गरेपछि कृषक निराश भएका छन् । कृषि ज्ञान केन्द्रका प्रमुख गोविन्दराज कोइरालाले आइतबार बाबियाचौरको दरुङमा देखिएको सलहको झुण्ड खाम्ला पुगेको हुन सक्ने बताए ।