एमसीसीबारे आन्तरिक छलफलमा जसपा

Newslaya Home

एमसीसीबारे आन्तरिक छलफलमा जसपा

सोमबार २९, असार २०७७

काठमाडौँ । जनता समाजवादी पार्टी अमेरिकी सहयोग परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी)बारे आन्तरिक छलफलमा जुटेको छ ।

अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले सोमबार विज्ञप्ति निकालेर एमसिसीबारे आफ्नो नीति र धारणा निर्माण गर्न आन्तरिक गृहकार्य जारी नै रहेको बताएका हुन् ।

यसबारेमा पार्टी छलफलमा रहेको भन्दै विज्ञप्तीमा भनिएको छ, ‘‘यसम्बन्धमा पार्टीले निर्णय गरेको छैन । पार्टीको तर्फबाट कुनै आधिकारिक धारणा पनि सार्वजनिक गरिएको छैन ।’

‘पार्टीलाई नै बदनाम गराउने गरी गरिएका निन्दनीय कार्यहरूप्रति घोर आपत्ति, निन्दा र विरोध गर्दछ,’ अध्यक्षद्वय ठाकुर र यादवले निकालेको विज्ञप्तिमा उल्लेख छ।