उपत्यकामा चल्न शुरु मयुर यातायात

Newslaya Home

उपत्यकामा चल्न शुरु मयुर यातायात

सोमबार २९, असार २०७७

काठमाडौं । उपत्यकामा मयुर यातायात प्रालीले बस सेवा शुरु गरेको छ ।

सोमवारदेखि तीन ओटा बसबाट सेवा शुरु गरिएको प्रालीले बताएको छ । कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ देखि सार्वजनिक यातायात बन्द गरेकामा गत बुधवार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक यातायात खुलाउने निर्णय गरेको थियो ।

सरकारले बिहीवारदेखि सार्वजनिक यातायात खुलाउने भनेको पाँच दिनपछि प्रालीले बस चलाउन थालेको हो । पहिलो दिन काठमाडौं–बनेपा र चक्रपथ रुटमा बस चलेको छ ।