नारायणगढ–मुग्लिन सडक एक वर्ष नपुग्दै भासियो

Newslaya Home

नारायणगढ–मुग्लिन सडक एक वर्ष नपुग्दै भासियो

सोमबार २९, असार २०७७

चितवन । नारायणगढ मुग्लिन सडकखण्डको १७ किलोमा सडक भासिएपछि सवारी साधन एकतर्फि सञ्चालन गरिएको छ। सोमबार (आज) बिहान भासिएको सो ठाउँमा ग्राबेल हालेर दुईतर्फी याातयात सञ्चालनका लागि काम भइरहेको छ।

डिभिजन सडक कार्यालय भरतपुरका अनुसार यसअघि भासिएको ठाउँमा थप भासिएपछि समस्या भएको हो। सो सकडखण्डको १७ र २६ किलो भन्ने स्थानमा सडक बिस्तार गरेको एक वर्ष नपुग्दै भासिएको थियो।

१७ किलोमा तीनदेखि ३ दशमलब ५ मिटर फराकिलो ३५ मिटर लामो क्षेत्रमा एक फिटजति सडक भासिएको जनाइएको छ । सो ठाउँमा सडक नौ मिटर फराकिलो छ। सडक ग्राबेलिङ गरेपछि दुईतर्फी सवारी सञ्चालन गर्न सकिने जनाइएको छ ।

भासिएको क्षेत्र बढेमा वर्षात्को समयमा समस्या आउनसक्ने अनुमान गरिरहेका बेला सो ठाउँमा सडक थप भासिएको हो। यस सडक राजधानी भित्रने र बाहिरिने प्रमुख मार्ग हो। सडकमा दैनिक १० हजार सवारीसाधन आवागमन गर्ने गर्दछन्।