गोठगाउँबाट थप ३३ जना डिस्चार्ज, अब ४२ जना उपचाररतः बाँकी

Newslaya Home

गोठगाउँबाट थप ३३ जना डिस्चार्ज, अब ४२ जना उपचाररतः बाँकी

सोमबार २९, असार २०७७

विराटनगर । मोरङको सुन्दरहरैंचास्थित पूर्वाञ्चल विश्वविद्यालय मेडिकल कलेजको कोभिड आईसोलेशनमा उपचाररतः ३३ जना निको भएर घर फर्केका छन् ।

कोरोना भाईरस (कोभिड–१९) संक्रमणपछि अस्पतालमा भर्ना भएर उपचाररतः १८ देखि ५६ वर्ष उमेरका उनीहरुमा पछिल्लो दोस्रो पीसीआर परीक्षणमा कोभिड–१९ नेगेटिभ देखिएपछि डिस्चार्ज गरिएको हो ।

डिस्चार्ज हुनेहरुमा मोरङका ५ जना, झापाका २० जना, सुनसरी २ जना, ताप्लेजुङ १ जना, संखुवासभा ३ जना र खोटााङ २ जना रहेको जनाइएको छ । उनीहरुका डिस्चार्जपछि अस्पतालमा अब ४२ जना उपचाररतः बाँकी रहेको पीयू मेडिकल कलेजका डिन डा. शैलेशमणी पोखरेलले जानकारी दिए ।

प्रदेश १ मा जम्मा संक्रमित ७२४ जनामध्ये उपचारपछि निको भएर घर फर्कनेको संख्या ६०४ जना पुगेको हो । प्रदेश १ अन्तर्गतका विभिन्न अस्पतालमा अब १२० जना मात्रै संक्रमित उपचाररतः रहेका छन् ।