उदयपुरमा थपिए ४ जना कोरोना संक्रमित

Newslaya Home

उदयपुरमा थपिए ४ जना कोरोना संक्रमित

सोमबार २९, असार २०७७

उदयपुर । उदयपुरको बेलका नगरपालिकामा पुन ४ जनामा कोरोना संक्रमित थपिएका छन् ।

केही दिन अघि बेलका नगरपालिकाकै जनप्रतिनिधिसहित ५ जनामा कोरोना संक्रमण भेटिएपछि बेलका नगरपालिकाका कोरोना संक्रमण समुदाय स्तरमा पुगेको अनुमान गरिएको छ ।

पछिल्लो संक्रमितहरुमा बेलका नगरपालिका– १ आम्बासीका ३४ वर्षीय पुरुष, ३१ वर्षीय पुरुष, बेलका नगरपालिका– ९ रामपुरका ४० वर्षीय पुरुष, २५ वर्षीय पुरुष रहेका छन् ।

उनीहरु मध्ये आम्बासीका दुई जना असार २१ गते साउदी अरबबाट आएका हुन भने रामपुरका दुई जना असार ११ गते भारतबाट आएका हुन । संक्रमित ४ जना क्वारेन्टिनमा बस्दै आएकाहरु हुन् ।