रोक लगाइएको मध्ये केही भारतीय च्यालन खुल्ने

Newslaya Home

रोक लगाइएको मध्ये केही भारतीय च्यालन खुल्ने

सोमबार २९, असार २०७७

काठमाडौं । नेपालमा प्रशारणको लागि बन्देज गरिएका भारतीय च्यानल मध्ये केही च्यानल सञ्चालन हुने भएका छन् ।

आइतबार बसेको केबल अपरेटरहरूको बैठकले जी–न्यूज, आजतक, इन्डिया टिभी र एबीपी न्यूज च्यानलहरूको प्रसारण बन्द राखेर अरू खोल्ने निर्णय गरेको हो ।

केही केवल अपरेटरहरुले धेरै भारतीय च्यानलहरु रोके पनि डिसहोमले भने चारवटा न्यूज च्यानल मात्र रोकेको थियो । भारतीय मिडियाले आफ्नो गल्ती नसच्याएसम्म प्रतिबन्ध कायमै राख्न केवल सञ्चालकहरुले जनाएका छन् ।

भारतीय केही टेलिभिजन च्यानलहरुले नेपालका प्रधानमन्त्री केपी ओली र चिनियाँ राजदूतलाई जोडेर भ्रमपूर्ण र आपत्तिजनक सामग्री प्रसारण गर्न थालेपछि केवल टेलिभिजन सेवा प्रदायकले बिहीबार रातिदेखि भारतीय समाचार च्यानलहरु बन्द गरिएको थियो ।