बोलिभियाका अर्थमन्त्रीलाई कोरोना संक्रमण पुष्टि

Newslaya Home

बोलिभियाका अर्थमन्त्रीलाई कोरोना संक्रमण पुष्टि

सोमबार २९, असार २०७७

काठमाडौं । बोलिभियाका अर्थमन्त्री ओस्कार ओर्टिजलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

बोलिभियाका चौथो मन्त्री समेत रहेका उनलाई कोरोनाभाइरस संक्रमण देखिए पछि अस्पतालमा भर्ना गरेको र त्यहाँ उपचार जारी रहेको जनाइएको छ ।

बोलिभियामा यसअघि स्वास्थ र खनिज मन्त्रीहरु कोरोना संक्रमित भएका थिए । साथै बोलिभियाका अन्तरिम राष्ट्रपति पनि कोरोना भाइरस संक्रमण पुष्टि भएपछि क्वारेन्टिनमा छन् ।

बोलिभियामा हालसम्म ४७ हजारभन्दा बढी व्यक्ति कोरोना संक्रमित भएका र एक हजार ७५४ जनाको मृत्यु भएको छ। राससरएएफपी