पिसिआर परीक्षणका लागि ६ वटा निजी प्रयोगशालालाई अनुमति

Newslaya Home

पिसिआर परीक्षणका लागि ६ वटा निजी प्रयोगशालालाई अनुमति

सोमबार २९, असार २०७७

काठमाडौं । पिसिआर विधिबाट कोरोना परीक्षणका लागि हालसम्म ६ वटा निजी प्रयोगशालाले अनुमति पाएका छन्।

काठमाडौं उपत्यकाका ४ सहित ६ वटा निजी प्रयोगशालाले पिसिआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालबाट अनुमति पाएका हुन्।

काठमाडौं उपत्यकाको सानेपास्थित स्टार अस्पताल, सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज, सेन्ट्रल डाइनोग्नोस्टी ल्याब्रोटरी कमलपोखरी र सूर्या हेल्थ केयरले पिसिआर परीक्षणका लागि अनुमति पाएको जनाइएको छ ।

उनका अनुसार उपत्यका बाहिर बुटवलस्थित नेसनल प्याथ ल्याब र नेपालगञ्जस्थित बागेश्वरी प्रयोगशालाले पिसिआरका लागि अनुमति पाएका छन्। पिसिआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १९ वटा निजी प्रयोगशालाले आवेदन दिएको जनाइएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको ‘निजी प्रयोगशाला कोभिड–१९ को मोलिक्युर परीक्षण गर्न अनुमति दिने सम्बन्धी निर्देशिका २०७७’ को सबै मापदण्ड पूरा गरेपछि निजी प्रयोगशालाले अनुमति पाउने गर्छन्।