भारतीय अभिनेत्री दिव्या चौकसेको निधन

Newslaya Home

भारतीय अभिनेत्री दिव्या चौकसेको निधन

सोमबार २९, असार २०७७

काठमाण्डौ । भारतीय नायिका तथा गायिका दिव्या चौकसेको निधन भएको छ । विगत एक वर्षदेखि क्यान्सरसँग जुधिरहेकी दिब्याको आइतबार निधन भएको हो ।

दिव्या सन् २०११ की मिस युनिभर्सकी प्रतियोगी समेत हुन् । सन् २०१६ मा उनले फिल्म अपना दिल तो आवारासहित बलिउडमा डेब्यू गरेकी थिइन् । सन् २०१८ मा दिव्याले पटियाले दी क्वीन गीतसहित गायन क्षेत्रमा पनि पाइला टेकेकी थिइन् ।