बढ्यो सुनको मूल्य

Newslaya Home

बढ्यो सुनको मूल्य

सोमबार २९, असार २०७७

काठमाडौं । सोमबार(आज) सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य तोलामा ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ९१ हजार ८६५ रुपैयाँमा कारोबार भएको छ । यस्तैगरी चाँदी तोलामा ९९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।