१९३ देशको मुद्रा संकलन गरेर शाक्यले बनाए विश्व रेकर्ड

Newslaya Home

१९३ देशको मुद्रा संकलन गरेर शाक्यले बनाए विश्व रेकर्ड

सोमबार २९, असार २०७७

काठमाडौं । संयुक्त राष्ट्रसंघमा आबद्ध १ सय ९३ देशको मुद्रा संकलन गरेर काठमाडौंका दीपेन्द्ररत्न शाक्यले वल्र्ड रेकर्ड सर्टिफिकेसन (डब्ल्यूआरसीए)मा नाम लेखाएका छन् । उनले करिब सय वर्ष अघिदेखिको बैंक नोट तथा सिक्का संकलन गरेका थिए ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षामान पुनले गत बुधबार वल्र्ड रेकर्ड सर्टिफिकेसन लिमिटेड लन्डनद्वारा जारी गरेको प्रमाणपत्र मन्त्रालयको कार्यालयमा शाक्यलाई हस्तान्तरण गर्दै विश्व कीर्तिमान स्थापित गरेर नेपालको गौरव बढाउन महत्वपूर्ण योगदान पुर्याएको बताए ।

शाक्यले गत अप्रिल २०१९ मा नेपाल न्युमिस्मेटिक सोसाइटीले आयोजना गरेको नुमिस्मेटिक प्रदर्शनीमा आफूले संग्रह गरेको विश्वव्यापी नोट पैसा र सिक्का पैसाहरू प्रदर्शन गरेका थिए ।