साझा पार्टीबाट बाहिरिए आचार्य र खनाल

Newslaya Home

साझा पार्टीबाट बाहिरिए आचार्य र खनाल

सोमबार २९, असार २०७७

काठमाडौँ । साझा पार्टीबाट पार्टीका प्रवक्ता सूर्यराज आचार्य र मुमाराम खनालले औपचारिक रुपमा पार्टी परित्याग गरेका छन् ।

पार्टी पुनःगठनको विषयलाई लिएर संयोजक रविन्द्र मिश्रसँग मतभिन्ता राख्दै आएका आचार्य र खनालले आफ्नो कुरा सुनुवाइ नभएको भन्दै पार्टी छाड्ने निष्कर्षमा पुगेका हुन् ।

आइतबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले आचार्य र खनाललाई धन्यावाद दिने निर्णय गरेको एक सदस्यले जानकारी दिए । केही समयअघि साझा पार्टीबाट उज्वल थापाको नेतृत्वमा एक समूह छुट्टिएर विवेकशील नेपाल दल घोषणा गरेको थियो ।

साझाबाट दुई नेता बाहिरिएपछि पार्टीको प्रभावकारितामाथि प्रश्न उठेको छ । साझाले आफूलाई वैकल्पिक दल भएको दाबी गर्दै आएको छ ।