१०४ वर्षीया महिलाले घरमै बसेर जितिन् कोरोना

Newslaya Home

१०४ वर्षीया महिलाले घरमै बसेर जितिन् कोरोना

सोमबार २९, असार २०७७

काठमाडौं । इंग्ल्यान्डको केन्टमा रहेकी १०४ वर्षिया एक महिलाले कोरोना विरुद्धको लडाईं जितेकी छिन् । घरमै बसेर उपचार गराइरहेकी उनी पछिल्लो तीन हप्तादेखि उठ्न निकै गम्भीर अवस्थामा पुगेकी थिइन् ।

तर बृद्ध उमेरको बावजुद पनि अब उनलाई अस्पतालमा जानुपर्दैन र अब उनी पूर्ण रूपमा निको भइसकेकी छिन् ।

परिवारका सदस्यका अनुसार उनले आफ्नो जीवनको धेरैजसो समय बिरामीको सेवामा नै खर्च गरेकी छन्। उनको जीवन संघर्ष पनि निकै चुनौतीपूर्ण छ।

उनको जन्म बर्मा (म्यानमार)मा भएको थियो । उनले केही समय भारतमा नर्सको रूपमा काम गरिन् र त्यसपछि १९४६ मा उनी लामो समुद्री यात्रा गर्दै इंग्ल्यान्ड आएकी बीबीसीले जनाएको छ ।

लण्डनमा मेकअप आर्टिस्टको रुपमा काम गरिरहेकी ग्रेसकी नातिनी क्रिस्टल अपोलोनिया भन्छिन्, ‘डाक्टरले कोरोना संक्रमण भएको जानकारी दिँदा पनि उहाँलाई केही फरक परेन। उहाँको इच्छाशक्ति एकदमै बलियो छ। उहाँले आफ्नो दैनिक अभ्यास पनि जारी राख्नुभयो। अन्ततः घरमै बसेर कोरोनालाई जित्नुभयो।’