पथरीशनिश्चरेका दुई महिलामा कोरोना देखियो

Newslaya Home

पथरीशनिश्चरेका दुई महिलामा कोरोना देखियो

आइतबार २८, असार २०७७

विराटनगर । मोरङको पथरी शनिश्चरे नगरको क्वारेन्टिनमा रहेका दुई जनामा कोरोना संक्रमण देखिएको छ ।

आइतबार प्रादेशिक जनस्वास्थ्य प्रगोगशाला विराटनगरमा गरिएको पिसिआर परिक्षणमा पथरी बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टिनमा रहेका २ जना महिलामा कोरोना पोजेटिभ देखिएको नगर प्रमुख दिलीपकुमार राईले बताए ।

उनीहरु दुवैजना कुवेतबाट नेपाल आएर असार २४ गतेदेखि नगरको क्वारेन्टिनमा बस्दै आएका थिए । रिपोर्ट पोजेटिभ आएपछि उनीहरुलाई प्रदेशकै कोभिड अस्पतालमा पठाउने प्रक्रिया अघि बढाइएको जनाइएको छ ।