अनुपम खेरका परिवारका चार जना सदस्यमा कोरोना संक्रमण

Newslaya Home

अनुपम खेरका परिवारका चार जना सदस्यमा कोरोना संक्रमण

आइतबार २८, असार २०७७

काठमाण्डौ । बलिउड अभिनेता अनुपम खेरको परिवारका चार जना सदस्य कोरोना भाइरस संक्रमित भएको पुष्टि भएको छ । उनकी आमा, भाइ र भाइका सन्तानमा समेत कोरोना संक्रमण देखिएको हो ।

उनले ट्वीटरमार्फत आफ्ना परिवारका चार जना सदस्य कोरोना भाइरसबाट संक्रमित भएको जानकारी दिएका हुन् । कोरोना संक्रमण पुष्टि भएसँगै परिवारका सदस्यहरुलाई हस्पिटल भर्ना गरिएको उनले बताएका छन् ।

उनले आफ्नो रिपोर्ट भने नेगेटिभ आएको जानकारी दिएका छन् ।