उदयपुरमा थपिए चार कोरोना संक्रमित

Newslaya Home

उदयपुरमा थपिए चार कोरोना संक्रमित

शनिबार २७, असार २०७७

विराटनगर । उदयपुरमा थप चार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

शनिबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको पिसिआर परिक्षणमा उदयपुरको बेलकाका ४ पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।

आज प्रदेश १ मा १३ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरी र उदयपुरमा ४–४, मोरंगमा ३ र झापामा २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको हो ।

प्रदेश १ मा आज ७ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत झापा, इलाम, मोरङका २–२ र सुनसरीका १ जना डिस्चार्ज भएका हुन् । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७ सय २१ पुगेको छ ।