दमकमा घर बनाउने क्रममा लडेर एकको मृत्यु

Newslaya Home

दमकमा घर बनाउने क्रममा लडेर एकको मृत्यु

शनिबार २७, असार २०७७

झापा । झापा दमक–६ स्थित घर बनाउने क्रममा लडेर एक जनाको मृत्यु भएको छ ।

आज दिउँसो उक्त घरमा मिस्त्री काम गर्दै आएका दमक–८ बस्ने ६० बर्षीय आतादुल धोनियाको घरबाट लडेर मृत्यु भएको हो ।

रको दोस्रो तलामा फिनिसीङको काम गर्ने क्रममा एक्कासी लडेर वेहोस भएका धोनियालाई उपचारार्थ लैजादै गर्दा बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।