नेपालमा थप ७० जनामा कोरोना पुष्टि, कुल संक्रमित १६ हजार ७१९

Newslaya Home

नेपालमा थप ७० जनामा कोरोना पुष्टि, कुल संक्रमित १६ हजार ७१९

शनिबार २७, असार २०७७

काठमाडौं । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या १६ हजार ७ सय १९ पुगेको छ ।

शनिबार थप ७० जनामा कोरोना पोजेटिभ देखिएसँगै कुल संक्रमितको संख्या १६ हजार ७१९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

देशभरिका विभिन्न प्रयोगशालामा रहेका ३ हजार ६४८ जनामा नमुना परीक्षण गर्दा ७० जनामा कोरोना पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।