सिङ्गापुर आम निर्वाचनः सत्तारुढ दललाई पुनः बहुमत

Newslaya Home

सिङ्गापुर आम निर्वाचनः सत्तारुढ दललाई पुनः बहुमत

शनिबार २७, असार २०७७

एजेन्सी । । सिङ्गापुरमा आम निर्वाचनबाट पनि सत्तारुढ दलले पुनः बहुमत प्राप्त गरेको छ ।

शुक्रबार भएको निर्वाचनबाट सत्तारुढ दल पिपल्स एक्सन पार्टी (पिएपी) ले नै निर्वाचन मार्फत् फेरी सत्ता सञ्चालनको जनादेश पाएको हो ।

कुल खसेको मत मध्ये ९० प्रतिशतसम्मको नतिजा आउँदा ९३ सिटमध्ये विपक्षी दल वकर्स पार्टी (डब्लुपी) ले १० मात्रै सिटमा जित्न सफल भएको छ ।

निर्वाचनको नतिजा औपचारिक रुपमा घोषणा भएपछि सत्तारुढ दलले फेरी सरकार गठनका लागि गृहकार्य गर्ने जनाइएको छ । अहिले सत्तामा रहेको दल सन् १९५९ देखि सत्तामा रहदै आएको छ ।

अहिले भएको निर्वाचनमा कुल मतदातामध्ये ६१.२४ प्रतिशत मात्रै मतदाता सहभागी भएका थिए । आफ्नो पक्षमा निर्वाचनको नतिजा आएपछि प्रधानमन्त्री लि हसिन लुङ्गले नतिजालाई सकारात्मक र सन्तोषजनक रुपमा लिएको बताए ।

उनले भने, ‘अहिले जुन मत हाम्रो पक्षमा आएको छ, त्यो एकदमै बलियो मतादेश हैन, मैले त्योभन्दा धेरै आउला भन्ने आशा गरेको थिए, तर पनि राम्रो चाहिं भएको छ ।’