म्याग्दीको पहिरोमा बेपत्ता १७ जनाको शव फेला

Newslaya Home

म्याग्दीको पहिरोमा बेपत्ता १७ जनाको शव फेला

शनिबार २७, असार २०७७

म्याग्दी । म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकामा गएको पहिरोमा बेपत्तामध्ये १७ जनाको शव भेटिएको छ ।

अविरल वर्षापछि शुक्रवार आएको पहिरोमा परी बेपत्ता मालिका गाउँपालिका–७ बिम दुलेबाट ७ जना र धवलागिरी गाउँपालिका–६ मराङ रिखाबाट १० जनाको शव फेला परेको छ ।

मालिकाबाट स्थानीय विष्णु पौडेल, गौदेवी नेपाली, विशेष नेपाली, विष्णु नेपाली, सन्दीप नेपाली, वीरबहादुर नेपाली र वीरबहादुरका ३ महिने छोराको शव फेला परेको छ भने मराङको पहिरोबाट स्थानीय सुकुना लामगादे, आशीष लामगादे, आयुष लामगादे, आयुषा लामगादे, रेश्मा सुनार, मन सुनार, कमला श्रीपाली, सुरक्षा श्रीपाली, सुरज श्रीपाली र प्रकाश केसी (जनिमा केसीका १८ वर्षे छोरा) को शव निकालिएको जनाइएको छ ।

पहिरोबाट घाइते अवस्थामा हेलिकोप्टरमार्फत उद्धार गरी मालिका–७ बस्ने ३६ वर्षीय पूर्णबहादुर नेपाली, धवलागिरी–६ बस्ने २२ वर्षीया मञ्जिता श्रीपाली र ७ वर्षीय सफल नेपालीलाई अस्पताल पठाइएको छ ।

पहिरोमा परेर घाइते भेटिएकाहरूलाई प्रभू एयरको हेलिकोप्टरमार्फत बेनी अस्पताल र पोखरा पठाइएको हो ।
अन्य बेपत्ताको म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, जिल्ला प्रहरी प्रमख प्रहरी नायव उपरीक्षक किरणजंग कुँवर लगायत नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोली पुगी खोजीकार्य जारी रहेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।