अमेजनद्वारा टिकटक हटाउन कर्मचारीलाई मेल, पछि भन्यो–‘गल्तीले पठाइएछ’

Newslaya Home

अमेजनद्वारा टिकटक हटाउन कर्मचारीलाई मेल, पछि भन्यो–‘गल्तीले पठाइएछ’

शनिबार २७, असार २०७७

बीबीसी । अमेजनले आफ्ना कर्मचारीहरूलाई कम्पनीको इमेल खोल्न प्रयोग भएको कुनै पनि मोबाइलबाट भिडिओ साझा गर्ने एप टिकटक हटाउनु भनी गल्तीवश इमेल पठाइएको बताएको छ ।

शुक्रबार सबेरै कर्मचारीहरूलाई पठाइएको एउटा आन्तरिक निर्देशनमा सुरक्षा खतराका कारण उक्त एप हटाउनुपर्ने भनिएको थियो ।

डेटाहरू चीनलाई साझा गर्नसक्छ भन्ने डरका कारण एउटा चिनियाँ कम्पनीको स्वामित्व रहेको उक्त एप अहिले धेरैको सूक्ष्म निगरानीमा परेको छ ।

टिकटकले चाहिँ अमेजनको चिन्ता आफूले बुझ्न नसकेको बताएको छ ।