कोरोना भाइरसको स्रोत पत्ता लगाउन डब्लूएचओको टोली चीन पुग्यो

Newslaya Home

कोरोना भाइरसको स्रोत पत्ता लगाउन डब्लूएचओको टोली चीन पुग्यो

शनिबार २७, असार २०७७

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को टोली चीन पुगेको छ ।

चीनका वैज्ञानिकहरुसँग मिलेर कोरोना भाइरसको स्रोत पत्ता लगाउन उनीहरुले अनुसन्धान गर्ने बीबीसीले जनाएको छ ।

समाचार संस्था रोयटर्सका अनुसार चीन गएको विशेषज्ञको समूहमा डब्लूएचओका दुई सदस्य रहेका छन् । डब्लूएचओले सुरु देखि नै कोरोना भाइरसको उत्तपति कसरी भयो पत्ता लगाउन चीनलाई सहयोग गर्न आग्रह गर्दै आएको थियो ।

चीनको वुहान सहरस्थित एक मासु बजारबाट कोरोना भाइरसको उत्पत्ति भएको चीनले पनि स्वीकार गरिसकेको छ । यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने चीनले ल्याबबाट कोरोना भाइरस उत्पत्ति गरेको आरोप लगाउँदै आएका छन् ।

चीनले राजनीतिभन्दा पनि यथार्थ अध्ययन गर्ने हो भनेमात्रै अध्ययनमा सहयोग गर्ने सुरु देखि नै बताउँदै आएको थियो । कोरोना भाइरस जंगली जनावरको मासुबाट आएको हो वा घरेलु जनावरबाट टोलीले पत्ता लगाउन प्रयास गर्नेछ ।