विराटनगरको राधाकृष्ण रथयात्रा यो वर्ष स्थगित

Newslaya Home

विराटनगरको राधाकृष्ण रथयात्रा यो वर्ष स्थगित

शनिबार २७, असार २०७७

विराटनगर । विराटनगरको राधाकृष्ण रथयात्रा यो वर्ष रोकिने भएको छ । कोभिड–१९ संक्रमण जोखिमको कारण देखाउँदै श्रीराधाकृष्ण रथयात्रा सञ्चालक समितिले रथयात्रा स्थगन गर्ने निर्णय गरेको हो ।

कार्यसमितिका अध्यक्ष बाबुराजा ओझाले सार्वजानिक रुपमा रथयात्रा गर्न असमर्थ रहेको जानकारी दिएका हुन् । उनले साउन १५ देखि २७ गतेसम्म हुने झुलन महोत्सव तथा २८ गतेको राधाकृष्ण रथयात्राको कार्यक्रम सार्वजानिक रुपमा आयोजना नगरिने बताएका छन् ।

सार्वजानिक रुपमा ननिकाल्ने रथयात्रा कार्यसमितिले चुनेका समिति तथा पदाधिकारी र पण्डितहरुले आन्तरिक रुपमा आयोजना गर्ने उल्लेख छ । त्यसका लागि जिल्ला प्रशासन कार्यालयमार्फत सुरक्षा निकाय परिचालन गरिने बताइएको छ ।

विराटनगरको यो रथयात्रामा भारतसहित नेपालका विभिन्न क्षेत्रबाट भक्तजनहरु सहभागी हुँने गरेका थिए ।