थप एक जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३६ पुग्यो

Newslaya Home

थप एक जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३६ पुग्यो

शनिबार २७, असार २०७७

काठमाडौं । नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा मृत्यु भएका एक जना पुरूषमा कोरोना संक्रमण पुष्टि भएको हो । काठमाडौं गोकर्णका ५४ वर्षका पुरुषको केएमसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ३६ पुगेको छ ।