फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

Newslaya Home

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

शुक्रबार २६, असार २०७७

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर १–१ रुपैयाँले बढाएको हो । अब पेट्रोल प्रतिलिटर १ सय २ रुपैयाँ तथा डिजल र मट्टीतेल प्रतिलिटर ८–८ रुपैयाँ पर्ने भएको छ ।

मूल्य समायोजन भएसँगै १५ दिनको घाटा ५० लाख रुपैयाँमा झरेको जानकारी गराउँदै निगमले मूल्य बढाउँदा पनि निगमलाई पेट्रोल र डिजेलमा घाटा नै रहेको दाबी गरेको छ । यसअघि निगमले असार १६ गते तेलको मूल्य बढाएको थियो ।

निगमको शुक्रबार सञ्चालक समितिको बैठकले राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य समायोजन गरेको हो ।