इलाममा लागुऔषध सहित एक युवा पक्राउ

Newslaya Home

इलाममा लागुऔषध सहित एक युवा पक्राउ

शुक्रबार २६, असार २०७७

इलाम । इलामको चुलाचुली गाउँपालिका–४ बाट नियन्त्रीत लागुऔषध सहित एक जनालाई पक्राउ गरिएको छ ।

बिहिवार साँझ १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले स्थानीय २९ बर्षीय तारा लिम्बुलाई पक्राउ गरेको हो ।

उसनलाई SPAPAIN ट्याब्लेट १०० पिस र TROMADOL ट्याब्लेट ३०० पिस लागुऔषध तथा २ थान मोबाइल सहित घरैबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका लिम्बुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।