एलिना, समीक्षा र रचनाको तीज गीत ‘आयौं चेली’ सार्वजनिक (भिडियोसहित)

Newslaya Home

एलिना, समीक्षा र रचनाको तीज गीत ‘आयौं चेली’ सार्वजनिक (भिडियोसहित)

शुक्रबार २६, असार २०७७

काठमाडौं । गायिका एलिना चौहान, समीक्षा अधिकारी र रचना रिमालको स्वरमा नयाँ तीज गीत ‘आयौं चेली’ सार्वजनिक भएको छ।

घनश्याम ओलीको शब्द, दिपक शर्माको संगीत र नवराज उप्रेतीको सिनेमेटोग्राफी रहेको गीतको भिडियो सरोज ओझाले निर्देशन गरेका हुन् । ‘बिहे गरी पठाउँछन् छोरीलाई घर खान, तीजमा फेरि बोलाउँछन् माइती दर खान’ गीतको शब्दले घर र माइतीको सम्बन्ध जोडेको छ।