दमकबाट नियन्त्रीत लागुऔषध ब्राउन सुगर सहित दुई युवा पक्राउ

Newslaya Home

दमकबाट नियन्त्रीत लागुऔषध ब्राउन सुगर सहित दुई युवा पक्राउ

शुक्रबार २६, असार २०७७

झापा । झापाको दमक नगरपालिका–१ बाट नियन्त्रीत लागुऔषध ब्राउन सुगर सहित दुई जनालाई पक्राउ गरिएको छ ।

बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले ईलामको चुलाचुली गाउँपालिका–३ घर भई दमक नगरपालिका–१ मा बसोबास गर्ने २२ बर्षीय दिपेन लिम्बु र माङसेबुङ–३ घर भएका १६ बर्षीय रोहन राईलाई बिहीबार राति पक्राउ गरेको हो ।

उनीहरुको साथबाट ४९.१ ग्राम नियन्त्रीत लागुऔषध ब्राउन सुगर तथा ५२ हजार ६ सय ५ रुपैयाँ नगद बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जनाइएको छ ।