इलामको पालटारमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

Newslaya Home

इलामको पालटारमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

शुक्रबार २६, असार २०७७

इलाम । इलामको माई नगरपालिका–१ पालटारमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

बिहिवार दिउँसो खेत जोतेर फर्कदै गरेको मे १ त ७४४० नम्बरको ट्याक्टर आफै अनियन्त्रीत भई दुर्घटना भएको हो ।

सडकबाट अन्दाजी १० मिटर तल खसेर दुर्घटना हुँदा ट्याक्टर चालक माई–१ का २१ बर्षीय सुजन बिश्वकर्मा र ट्याक्टरमा सवार रहेका ११ बर्षीय बालक नितेश गिरीको ज्यान गएको हो ।
दुर्घटनामा परी घाइते भएका सुजन र नितेशलाई उपचारको लागी झापा लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । सोही ट्याक्टरमा रहेका अर्का घाईते १९ बर्षीय समिर बिश्वकर्माको झापाको बि.एण्ड.सी. अस्पतालमा उपचार भईरहेको जनाइएसको छ ।